काठमाडौँ ।
विभिन्न प्रलोभनमा परी कम्बोडिया पुगेका थप ८ जना नेपालीको उद्धार गरिएको छ। बैंककस्थित नेपाली राजदूतावास, कम्बोडिया सरकार र गैरआवासीय नेपाली संघ (एनआरएनए) को समन्वयमा उनीहरूलाई स्वदेश फर्काइएको हो।
आकर्षक तलबको लोभमा भिजिट भिसामा जाने नेपालीहरू अवैध अनलाइन स्क्यामिङ केन्द्र र क्यासिनोमा बन्धक बन्ने क्रम बढ्दो रहेको दूतावासले जनाएको छ। सन् २०२१ मा १०१ जना मात्रै पुगेको संख्या सन् २०२५ मा बढेर ९,६७६ पुगेको तथ्यांक सार्वजनिक गरिएको छ।
समस्यामा परेकालाई निःशुल्क ट्राभल डकुमेन्टमार्फत स्वदेश फर्काउने व्यवस्था गरिएको दूतावासले जनाएको छ। साथै, वैदेशिक रोजगारीमा जाँदा आवश्यक प्रक्रिया पूरा गर्न र यस्ता जोखिमपूर्ण मुलुकमा नजान नागरिकलाई आग्रह गरिएको छ।











प्रतिक्रिया