काठमाडौं ।
काठमाडौंमा आज नेकपा एमाले संसदीय दलको बैठक बस्दैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे हुने बैठकमा संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतक चयनका विषयमा छलफल गरिनेछ।
चैत १९ गते प्रतिनिधि सभाको बैठक बस्नुअघि नै दलको नेतृत्व टुंग्याउने तयारी एमालेले गरेको हो। साथै, आजको बैठकमा संसदमा एमाले सांसदहरूको भूमिका र आगामी रणनीतिबारे पनि विस्तृत छलफल हुने जनाइएको छ।
यसैबीच, जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछि एमालेले सडक आन्दोलन चर्काएको छ। सोही सन्दर्भमा पार्टीले सदनभित्र पनि कडा विरोध जनाउने तयारी गरेको बताइएको छ।











प्रतिक्रिया