काठमाडौँ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ। मंगलबार नेताहरूको धारणा राख्ने क्रम नसकिएकाले बैठकलाई निरन्तरता दिइएको हो। बैठक दिउँसो १ बजे सुरु हुने बताइएको छ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा मंगलबार बसेको बैठकमा १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको सहभागिता रहेको थियो।
बैठकमा समसामयिक राजनीति, पार्टीको आन्तरिक अवस्था र निर्वाचन समीक्षाबारे छलफल भइरहेको नेता बद्री पाण्डेले जानकारी दिएका छन्।











प्रतिक्रिया