काठमाडौं ।
सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले बुधबारदेखि कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नुहुने भएको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत उमेरहदका कारण अवकाश भएसँगै मल्लले उक्त जिम्मेवारी पाउनु भएको हो।
संविधानअनुसार प्रधानन्यायाधीशको पद रिक्त हुँदा वरिष्ठतम् न्यायाधीशले कामु प्रधानन्यायाधीशको भूमिका निर्वाह गर्ने व्यवस्था छ। न्याय परिषद्ले यसअघि मल्लसहित ६ जना न्यायाधीशको नाम संवैधानिक परिषद्मा सिफारिस गरिसकेको छ। तर प्रतिनिधिसभा विघटनका कारण प्रक्रिया अघि बढ्न सकेको छैन।
अब प्रतिनिधिसभाले आवश्यक पदपूर्ति गरेपछि मात्र संवैधानिक परिषद्ले पूर्णता पाउने र नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।











प्रतिक्रिया