बिलबुक नवीकरणको नाममा ठगी: काठमाडौंका विभिन्न यातायात कार्यालयबाट १६ जना पक्राउ


काठमाडौं ।

सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिने भन्दै सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिँदै सार्वजनिक सेवा प्रवाहमै अवरोध गर्ने कार्यमा संलग्न १६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

मिति २०८२ चैत १७ गते काठमाडौंका विभिन्न यातायात कार्यालयहरूमा सेवाग्राहीसँग रकम असुली गर्दै बिलबुक नवीकरण गरिदिने भन्दै अवैध गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई रु. १ लाख २२ हजार नगद र ५३ थान बिलबुकसहित नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई प्रहरी वृत्त स्वयम्भू र प्रहरी वृत्त थानकोटबाट छुट्टाछुट्टै स्थानबाट नियन्त्रणमा लिइएको हो।

स्वयम्भूस्थित सानोभर्‍याङ यातायात कार्यालयबाट पक्राउ पर्नेहरू:
बल ब. सुनार (३६, रौतहट), विज्ञान राई (३९, रामेछाप), संजय राजवाहक (३१, काठमाडौं), विमल तामाङ (३६, काठमाडौं), रमेश कार्की (३५, रामेछाप), सुमन प्रसाद श्रेष्ठ (६०, कैलाली), उद्धब खनाल (३९, नुवाकोट) र कल्पना लम्साल (३६, धादिङ) रहेका छन्।

थानकोटस्थित गुर्जुधारा यातायात कार्यालयबाट पक्राउ पर्नेहरू:
पासाङ तामाङ (२५, काठमाडौं), शुनिल लामा (३०, काभ्रे), सुदिप मगर (२३, काठमाडौं), बुद्ध तामाङ (२०, धादिङ), सुमेश नेपाली (२६, मकवानपुर), अमन तामाङ (२४, धादिङ), उज्वल सिंह (१८, बझाङ) र दिलिप राई (२६, मोरङ) रहेका छन्।

प्रहरीले उनीहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।