आज ५ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना


काठमाडौँ।

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण मौसम आंशिक बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी र तराई भूभागमा आंशिक बदली रहनेछ।

कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थान र बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य स्थानमा मौसम मुख्यतया सफा रहने जनाइएको छ। साथै, केही हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहनेछ।