लोकसंस्कृतिको रंगिन उत्सव

अन्तराष्ट्रिय लोकसांस्कृतिक मेला सकियो


एभरेष्ट नेपाल कल्चरल ग्रुपले आयोजना गरेको १३औ अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेला २०८२ सम्पन्न भएको छ।
पर्यटक कलाकारको स्वागत ः नेपाली लोकसांस्कृतिक आधार भन्ने नारासहित गत चैत्र ५ गते सुरु भएको मेला काठमाडौंमा शुभारम्भ भएको थियो भने पा“चखाल, पोखरा, बूढानीलकण्ठ, वसन्तपुर, पाटन दरबार क्षेत्रलगायत विभिन्न विद्यालयमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो।

मेलामा बोत्सवाना, इस्टोनिया, जर्मनी, भारत, ताइपे, साउथ अफ्रिका, इजरायल, नेपाललगायतका देशको सहभागिता रहेको थियो। केही देश अन्तर्राष्ट्रिय परिस्थितिका कारण सहभागी हुन नसकेको आयोजकले जनाएका छन्।

आयोजकका अनुसार, सन् २००२ देखि प्रत्येक दुई वर्षमा नेपालमा आयोजना हु“दै आएको मेलामा विभिन्न देशका कलाकारले आप्mना मौलिक लोकसंस्कृति झल्कने प्रस्तुति दिएका थिए। कार्यक्रमलाई देशभरबाट ५ लाखभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गरेका थिए भने टेलिभिजन, युट्युब र फेसबुकमार्फत पनि उल्लेखनीय दर्शक सहभागिता रहेको एभरेष्ट नेपाल कल्चरल ग्रुपका संस्थापक अध्यक्ष, आरसी कोइराला ‘रामचन्द्र’ ले जानकारी गराए। यस्ता कार्यक्रमले नेपालको सांस्कृतिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याए पनि सम्बन्धित सरकारी निकायबाट अपेक्षित सहयोग नपाएकोप्रति आयोजकले दुःख व्यक्त गरेका छन्।


मेला कार्यक्रम सफल बनाउन काठमाडौं महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका, ललितपुर महानगरपालिका, पा“चखाल नगरपालिकालगायत स्थानीय तह तथा विभिन्न संस्थाको सहयोगमा सम्पन्न भएको हो। एभरेष्ट नेपाल कल्चरल ग्रुपकी निर्देशक शीतल आचार्यका अनुसार १४औ“ अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेला २०८४ का लागि तयारी गरिएको छ।