टिभिएसको नयाँ वर्ष अफर सार्वजनिक, दैनिक पुरस्कार र आकर्षक सुविधा


काठमाडौँ
जगदम्बा मोटर्सले नयाँ वर्ष २०८३ को अवसरमा “टिभिएससँग नयाँ वर्षको निरन्तर यात्रा” अफर सार्वजनिक गरेको छ ।
यस अफरअन्तर्गत टिभिएस मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकहरूले दैनिक आकर्षक लाभ प्राप्त गर्नेछन्, जसमा ५ वर्षसम्मको पेट्रोल निःशुल्क जित्ने अवसरसमेत समावेश छ । साथै ग्राहकले दैनिक अधिकतम ५ लाख रुपैयाँसम्म छुट पाउन सक्नेछन् भने २,९६७ रुपियाँबाट सुरु हुने सजिलो ईएमआई (किस्ता) सुविधासमेत उपलब्ध गराइएको छ ।

कम्पनीका अनुसार यो योजना ग्राहकलाई थप मूल्य, सहज स्वामित्व अनुभव र दीर्घकालीन सन्तुष्टि प्रदान गर्ने उद्देश्यले ल्याइएको हो। नगद, एक्सचेन्ज (साटफेर) तथा फाइनान्स (कर्जा) तीनै माध्यमबाट उपलब्ध यस अफरले ग्राहकको पहुँच अझ सहज बनाउने विश्वास कम्पनीले लिएको छ ।