सिद्धार्थ बैंकद्वारा महिलालाई सिलाई–कटाई मेसिन वितरण


काठमाडौँ
सिद्धार्थ बैंकले कैलाली र बाँके जिल्लाका गरिब, विपन्न तथा सीमान्तकृत कासगर समुदायका महिलाहरूको आयआर्जनमा टेवा पुगोस् भन्ने उद्देश्यले सिलाई–कटाई मेसिन हस्तान्तरण गरेको छ ।

बैंकले २०८२ चैत्र ८ गते कैलाली र चैत्र १० गते बाँकेमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी कैलालीमा ५ जना र बाँकेमा १० जना गरी कुल १५ वटा मेसिन वितरण गरेको हो ।

महिलाहरूको जीवनस्तर उकास्ने र सिकेको सीपलाई व्यवहारमा उतार्न सहयोग पु¥याउने लक्ष्यसहित प्रदान गरिएका यी मेसिनले साना घरेलु उद्योग स्थापना गर्न प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ । यस सहयोगमार्फत महिलाहरूले लुगा सिलाउने, मर्मत गर्ने तथा अर्डर अनुसार काम गरी नियमित आम्दानी गर्न सक्ने वातावरण बन्ने विश्वास बैंकले लिएको छ, जसले परिवारको आर्थिक अवस्था सुधार गर्नुका साथै शिक्षा, स्वास्थ्य र समग्र जीवनस्तरमा सकारात्मक प्रभाव पार्नेछ। साथै, बैंकले दिगो विकास लक्ष्यलाई प्राथमिकतामा राख्दै यस्ता सामाजिक कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।