काठमाडौँ
ग्लोबल आइएमइ बैंकले प्रविधि प्रवद्र्धन र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले एआई÷एमएल ह्याकाथनको दोस्रो संस्करण आयोजना गर्ने घोषणा गरेको छ ।
आगामी मे २९ देखि ३१ सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी हुन विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक तथा प्रविधि क्षेत्रमा संलग्न पेशाकर्मीहरूका लागि आवेदन खुला गरिएको छ, जसको अन्तिम म्याद मे ४, २०२६ तोकिएको छ । ह्याकाथनमा स्वायत्त क्रेडिट तथा लेन्डिङ प्रणाली, फ्रड डिटेक्सन, मल्टिलिङ्गुअल भ्वाइस बैंकिङ सहायक र एआई आधारित नेटवर्क सुरक्षाजस्ता विषयमा आधारित नविनतम् अवधारणाहरू प्रस्तुत गर्नुपर्नेछ ।
उत्कृष्ट टोलीलाई नगद पुरस्कारसँगै बैंकसँग सहकार्य गर्ने अवसर प्रदान गरिनेछ । बैंकका अनुसार यस प्रतियोगिताले डिजिटल बैंकिङ सेवामा नवीनता ल्याउनुका साथै सम्भावित चुनौतीहरूको समाधान खोज्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ ।











प्रतिक्रिया