कांग्रेसमा एकता कायम राख्न प्रदीप पौडेल को आग्रह


काठमाडौं।

नेपाली कांग्रेसभित्र समानान्तर गतिविधि बढिरहेका बेला महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र एकता कायम राख्न नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्।

१४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक अघि सामाजिक सञ्जालमार्फत् उनले अहिलेको प्रतिकूल अवस्थामा विभाजनतर्फ नलाग्न चेतावनी दिएका हुन्। उनले आफू केवल महामन्त्री नभई एक इमान्दार कार्यकर्ताका रूपमा सबैलाई एकजुट हुन आग्रह गरेका छन्।

पौडेलले विगतका कठिन समयमा पनि कांग्रेस एकजुट भएर नै ऐतिहासिक परिवर्तनको नेतृत्व गरेको स्मरण गराउँदै अहिले पनि त्यही एकताको आवश्यकता रहेको बताएका छन्। उनका अनुसार एकतामै शक्ति निहित रहेको र यही बलमा पार्टीले उज्ज्वल भविष्य निर्माण गर्न सक्ने विश्वास व्यक्त गरेका छन्।