काठमाडौं ।
दक्षिण लेबनानमा संयुक्त राष्ट्र संघ अन्तर्गतको युनिफिल शान्ति मिसनमा खटिएका सैनिकमाथि भएको विस्फोटमा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। बानी हय्यान नजिकै भएको विस्फोटमा शान्ति सैनिक सवार गाडी क्षतिग्रस्त भएको बताइएको छ।
घटनामा मृत्यु हुनेमध्ये एक जना इन्डोनेसियाली सैनिक रहेको पुष्टि भएको छ। यसअघि पनि सो क्षेत्रमा शान्ति सैनिकमाथि आक्रमण भएको थियो।
घटनाप्रति एन्टोनियो गुटेरेस लगायत अन्तर्राष्ट्रिय नेताहरूले कडा निन्दा गर्दै शान्ति सैनिकको सुरक्षाको सुनिश्चितता माग गरेका छन्।
इजरायल र लेबनान बीच बढ्दो द्वन्द्वका बीच यस्ता घटनाहरू तीव्र बन्दै गएका छन्।











प्रतिक्रिया