काठमाडौं ।
काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई जेनजी आन्दोलनका क्रममा भएको दमनसम्बन्धी आरोपमा नियन्त्रणमा लिएको हो।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा बल प्रयोग गरेको आरोप लागेपछि उनी विवादमा आएका थिए। त्यसपछि एक महिनाभित्रै उनलाई काठमाडौंका प्रमुख जिल्ला अधिकारी पदबाट हटाइएको थियो।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजालमाथि कारबाही सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पनि पक्राउ परिसकेका छन्।
रिजाल यसअघि गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख रहँदा कर्मचारी सरुवामा अनियमितता गरेको आरोपसमेत लागेको छ। अख्तियारले उनीमाथि भ्रष्टाचारसम्बन्धी अनुसन्धान अघि बढाइरहेको जनाएको छ।











प्रतिक्रिया