अभिनेता पल शाहको प्रस्तुतिमा निर्माण हुने फिल्म यानीमायाः रिदम अफ लभको छाया“कन आगामी जेठ १ गतेबाट आरम्भ गरिने भएको छ।
फिल्मको फस्टलुक सार्वजनिक गरिएको छ। रोयल भिमसेनले पोष्टरलाई ट्राइडेन्ट कन्सेप्ट तयार पारेका छन्। फिल्ममा नायक पल शाह र नव–नायिका अञ्जना मगरको जोडी पक्का भएको छ। पल र अञ्जनाले यसअघि म्युजिक भिडियोमा काम गरेका छन्। फिल्म ओम प्रतीकले निर्देशन गर्दै छन्।
ओमले निर्देशन गरेको फिल्म मोहरमा नायक पल शाह मुख्य भूमिकामा थिए। अब, ओम र पलले एउटै फिल्ममा फेरि टिमअप गरेका छन्। पल शाह र चन्द्र ज्योति आलेको लगानीमा निर्माण हुने यानीमायालाई प्रेमको धुन भनिएको छ। फिल्म प्रेम कथामा निर्माण हुनेछ।











प्रतिक्रिया