यामाहाको एफजेडएस एफआई हाइब्रिड एक सातामै सकियो, नयाँ ब्याचका लागि प्रि–बुकिङ खुला


काठमाडौँ
यामाहा नेपालले हालै सार्वजनिक गरेको एफजेडएस एफआई हाइब्रिड मोटरसाइकल अत्यधिक मागका कारण आधिकारिक लन्च भएको एक सातामै सोल्ड आउट भएको छ ।

नेपालकै पहिलो हाइब्रिड मोटरसाइकलका रूपमा आएको यस मोडलले हाइ–टेक इनोभेसनसहित नयाँ पुस्ताको मोटरसाइकलिङ भित्र्याएको मानिएको छ । एफजेड लिगेसीमा आधारित यो बाइकलाई पावर, इन्धन दक्षता र कम उत्सर्जनबीच सन्तुलन कायम गर्ने गरी डिजाइन गरिएको हो, जसले बढ्दो इन्धन मूल्य र सहरी ट्राफिक जस्ता चुनौतीलाई सम्बोधन गर्छ ।

नयाँ एफजेड हाइब्रिडमा उन्नत प्रविधि प्रयोग गरिएको छ, जसले थप शक्तिशाली प्रदर्शन, स्मार्ट फिचर र उत्कृष्ट माइलेज प्रदान गर्छ । छोटो समयमै प्राप्त सकारात्मक प्रतिक्रियाले यसले बजारमा बलियो स्वीकार्यता पाएको देखिएको छ । यही सफलतापछि कम्पनीले अर्को ब्याचका लागि प्रि–बुकिङ खुला गरेको छ । ग्राहकहरूले आधिकारिक सोसल मिडिया प्लेटफर्म तथा देशभरका अधिकृत डिलरमार्फत जानकारी लिन सक्नेछन् । कम्पनीले नयाँ स्टक छिट्टै उपलब्ध गराउने र समयमै डेलिभरी सुनिश्चित गर्ने जनाएको छ ।