एक्साइडको नयाँ धमाकाः ई–रिक्साका लागि ३६ महिना वारेन्टीसहित ई–राइड लिथियम ब्याट्री


काठमाडौँ
एक्साइडले नेपाली बजारमा ई–रिक्सा चालकका लागि खुसीको खबर ल्याउँदै अत्याधुनिक ई–राइड लिथियम–आयन ब्याट्री सार्वजनिक गरेको छ । खर्च घटाउने र आम्दानी बढाउने उद्देश्यले ल्याइएको यो ब्याट्रीले परम्परागत लेड–एसिड ब्याट्रीको तुलनामा ई–रिक्सालाई अझ आधुनिक र शक्तिशाली बनाउने विश्वास गरिएको छ ।

यो ब्याट्री एआईएस–१५६ फेज–२ प्रमाणित हुनुका साथै सर्ट सर्किट र पानीबाट जोगाउन आईपी६७ रेटेड सुरक्षा प्रणालीले सुसज्जित छ । यससँगै कम्पनीले २५ एम्पियरको आधुनिक चार्जर पनि उपलब्ध गराएको छ, जसमा २ वर्षको वारेन्टी दिइएको छ र ३ देखि ४ घण्टामै फुल चार्ज गर्न सकिन्छ ।

हल्का तौल र उच्च क्षमताका कारण यो ब्याट्रीले धेरै माइलेज दिने र स्थिर पावर प्रदान गर्ने गर्दछ । साधारण लेड–एसिड ब्याट्री १–२ वर्ष मात्र टिक्ने भए पनि यो लिथियम–आयन ब्याट्री ५–८ वर्षसम्म चल्ने क्षमता राख्छ । बारम्बार पानी थप्नु नपर्ने र मर्मत खर्च कम हुने भएकाले यो चालकहरूका लागि किफायती विकल्प बन्ने देखिएको छ । कम्पनीले यसमा ३६ महिनाको वारेन्टी दिएको छ र यो नेपालभरका आधिकारिक डिलरमार्फत उपलब्ध हुनेछ ।