काठमाडौँ
अनरले आफ्नो सबैभन्दा ठूलो अभियानअन्तर्गत अन्तिम ३० दिनको विशेष अफर सार्वजनिक गरेको छ । यस अवधिमा एक्सनाइनडी स्मार्टफोन खरिद गर्ने ग्राहकले दीपल एस०५ इलेक्ट्रिक एसयूभी जित्ने अवसर पाउनेछन् ।
२.५ मिटर ड्रप रेसिस्टेन्स, आईपी ६९के वाटर रेसिस्टेन्स र ८३०० एमएएच ब्याट्री जस्ता शक्तिशाली विशेषतासहित आएको यस फोनसँगै आकर्षक अफरहरू पनि उपलब्ध छन् ।
यस योजनाअन्तर्गत ग्राहकले अनर च्वाइस वाच २ प्रो निःशुल्क प्राप्त गर्नेछन् भने ६ महिनासम्मको सेवा सुविधा पनि पाउनेछन्, जसमा फ्रन्ट र ब्याक रिप्लेसमेन्ट तथा पानीले भएको क्षतिको मर्मत समावेश छ । एक्सनाइनडी दुई भेरियन्टमा उपलब्ध छ र यो अफर देशभर सीमित ३० दिनसम्म मात्र लागू हुनेछ ।











प्रतिक्रिया