अन्जनलाई रेकर्ड राख्ने मौका अझै जुरेन


काठमाडौं।

अन्जन विष्टले १३ औं अन्तर्राष्ट्रिय गोल २०२३ को अक्टोबर १२ मा लाओसविरुद्ध प्रहार गरेका थिए । उनले सो गोल २०२६ फिफा विश्वकप छनोटमा प्रहार गरेका थिए । यो नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल पनि हो ।

अहिलेसम्म अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्नेमा तीन खेलाडी रहेका छन् । एक अन्जन हुन् भने अन्य दुई जना पूर्व खेलाडीहरू हरि खड्का र निराजन रायमाझी हुन् । यसमध्ये अन्जन हाल सक्रिय खेलाडी हुन् ।

अन्जनको एकल रूपमा रेकर्ड राख्ने मौका भने अहिलेसम्म जुरेको छैन । अहिले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले लाओसमा एएफसी एसियन कप छनोट खेल्न लागेको छ । तर, यसमा अन्जनको नाम भने छैन । यसले गर्दा उनका लागि १४ औं गोल गर्ने मौका गुमेको छ ।

अन्जन हाल एनआरटी टिमबाट राष्ट्रिय लिगमा गोल गरेका छन् । यस आधारमा उनी लयमा रहेको स्पष्ट देखिन्छ । तर, नेपाली टोलीका प्रशिक्षक गुग्लीएल्मो एरिनाले उनलाई टोलीमा नसमेट्नु आश्चर्यको विषय बनेको छ ।