दराजको ४.४ नववर्ष उत्सव सार्वजनिक, आकर्षक छुट र उपहार योजना


काठमाडौँ
नयाँ वर्ष २०८३ को अवसर पारेर दराज नेपालले “४.४ नववर्ष उत्सव” सार्वजनिक गरेको छ । यस उत्सवअन्तर्गत ग्राहकले ७५ प्रतिशतसम्मको आकर्षक छुट, निःशुल्क घरमै डेलिभरी तथा करिब ८३ लाख रुपियाँ बराबरका भौचर प्राप्त गर्न सक्नेछन् । यो योजना चैत २० बेलुका ८ बजेदेखि सुरु भई चैत २७ सम्म सञ्चालन हुनेछ ।

उत्सव अवधिभर विभिन्न सामानमा दैनिक फ्ल्यास सेलमार्फत विशेष अफरहरू उपलब्ध गराइनेछ । विभिन्न साझेदार ब्रान्डबाट ६० देखि ६५ प्रतिशतसम्म छुट पाइनेछ । साथै, नबिल बैंक, हिमालयन बैंक, महालक्ष्मी बैंक र नेपाल बैंकमार्फत क्रेडिट कार्ड प्रयोग गर्दा १५ प्रतिशत र डेबिट कार्ड प्रयोग गर्दा १० प्रतिशतसम्म छुटको सुविधा दिइनेछ । इसेवा, खल्ती र आइएमई पे प्रयोगकर्ताले पनि विशेष अफरहरू पाउनेछन् ।

ग्राहकले ४४ रुपियाँदेखि २,४४४ रुपियाँसम्मका विशेष डिलहरू तथा २,०८३ रुपियाँका नयाँ वर्ष लक्षित अफर पनि प्राप्त गर्न सक्नेछन् । यसका साथै, ५ हजार रुपियाँभन्दा बढी खरिद गर्ने ग्राहकलाई लक्की ड्रमार्फत विभिन्न उपहार जित्ने अवसर दिइनेछ । मुख्य उपहारमा फिलिप्सका घरेलु उपकरणको बन्डल, भीभो भी७० स्मार्टफोनलगायत अन्य सामग्री रहेका छन् ।

दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरका अनुसार यो उत्सवले डिजिटल व्यापारलाई थप सुदृढ बनाउँदै ग्राहकलाई उत्कृष्ट किनमेल अनुभव दिने लक्ष्य राखेको छ ।