काठमाडौँ
माछापुच्छ्रे क्यापिटल लिमिटेड र नेपाल सेरामिक इन्डस्ट्रि लिमिटेडबीच नेपाल सेरामिकको प्राथमिक सेयर निष्कासन (आईपीओ)का लागि निष्कासन तथा बिक्री प्रबन्ध सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । आज २०८२ चैत १५ गते सम्पन्न उक्त सम्झौताअनुसार कम्पनीले ३० लाख कित्ता साधारण सेयर सर्वसाधारणमा जारी गर्ने तयारी गरेको छ ।
सम्झौता समारोहमा माछापुच्छ्रे क्यापिटलका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार तथा नेपाल सेरामिक इन्डस्ट्रिका अध्यक्ष शम्भु नाथ झाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । यससँगै माछापुच्छ्रे क्यापिटललाई सो कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरिएको छ ।
माछापुच्छ्रे क्यापिटल, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लिक लिमिटेड कम्पनीका रूपमा स्थापित यस मर्चेन्ट बैंकरले नेपाल धितोपत्र बोर्डमार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, निष्कासन तथा बिक्री प्रबन्ध, सेयर रजिस्ट्रार तथा सामूहिक लगानी कोषसम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।











प्रतिक्रिया