दिनिलय होटल्सको पहिलो एजीएम सम्पन्न


काठमाडौँ
दिनिलय होटल्स लिमिटेडको पहिलो वार्षिक साधारण सभा (एजीएम) धादिङको थाक्रे गाउँपालिका–८ स्थित कम्पनीको कार्यालयमा सफलतापूर्वक सम्पन्न भएको छ ।

सभाले आर्थिक वर्ष २०८१÷८२ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण पारित गरेको छ । साथै, आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पनि स्वीकृत गरिएको छ ।

कम्पनीले भविष्यको विस्तार र दीर्घकालीन विकासलाई ध्यानमा राख्दै सेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । यससँगै पूँजी संकलन, ऋण व्यवस्थापन, रणनीतिक साझेदारी, संयुक्त लगानी, सहकार्य तथा आवश्यकताअनुसार मर्जर र अधिग्रहण गर्ने प्रस्तावहरू पनि पारित भएका छन् ।

सभामा अध्यक्षले कम्पनीको स्थापना, हालसम्मको प्रगति, वित्तीय अवस्था तथा आगामी योजनाबारे जानकारी गराउँदै होटल निर्माण कार्यमा उल्लेखनीय प्रगति भएको र छिट्टै सेवा सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो। कम्पनीले चारतारे स्तर प्राप्त गर्ने लक्ष्यसहित पूर्वाधार विकास गरिरहेको जनाएको छ ।

पर्यटन क्षेत्रमा सक्रिय दिनिलय होटल्सले उच्चस्तरीय सेवा प्रदान गर्दै पर्यटन विकासमा योगदान पु¥याउने, स्थानीय रोजगारी सिर्जना गर्ने तथा दिगो पर्यटन प्रवद्र्धन गर्ने प्रतिबद्धता दोहो¥याएको छ ।