रसुवा।
पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा अेालीलाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउँदै रिहाइको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी एमाले जिल्ला कमिटी रसुवाले जिल्ला प्रशासन कार्यालय रसुवा मार्फत नेपाल सरकार समक्ष पुराउन ज्ञापन पत्र चैत १५ गते बुझाएको छ ।
जिल्ला कमिटी अध्यक्ष कैसाङ नुर्पु तामाङले हस्ताक्षर गरिएको ज्ञापनपत्रमा फागुन २१ गते सम्पन्न भएको निर्वाचन पछि नव गठित सरकारले छानबिन आयोगको प्रतिवेदन कार्यान्वयनका नाममा पूर्वाग्रह पूर्ण तथा प्रतिशोधको कदम चालेको आरोप लगाइएको र यस्तो कार्यले मुलुकलाई द्वन्द्व र अस्थिरता तर्फ उन्मुख गराउने उल्लेख गरिएको छ।
एमाले रसुवाले पक्राउ परेका नेता तथा कार्यकर्ताहरूको अविलम्ब रिहाइ, प्रतिशोधपूर्ण कार्यको अन्त्य तथा लोकतान्त्रिक प्रक्रियाको सम्मान गर्न सरकारसँग माग गरेको छ। जिल्ला कमिटी अध्यक्ष केशाङ नुर्पु तामाङद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा सरकारलाई जिम्मेवार बन्न आग्रह गरिएको छ।
यसैगरी, भाद्र २३ गते नवयुवाहरूले सञ्चालन गरेको शान्तिपूर्ण आन्दोलनमाथि दमन गरिएकोप्रति पनि आपत्ति जनाइएको छ। गैरसंवैधानिक प्रक्रियाबाट गठन भएको सरकारको गतिविधिले लोकतान्त्रिक मूल्य र मान्यतामाथि आघात पुगेको ज्ञापनपत्रमा उल्लेख छ।












प्रतिक्रिया