रास्वपाका सभापति लामिछानेले लिए काठमाडौं अदालतबाट तारेख


काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जिल्ला अदालत काठमाडौंमा सहकारी सम्बन्धी मुद्दाको तारिख बुझेका छन् ।

उनले आइतबार अदालत पुगेर कानूनबमोजिम तारिख बुझेर फर्किएका हुन् । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम दुरुपयोग आरोपमा उनीसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।