काठमाडौं ।
काभ्रेपलाञ्चोकमा रोशी खोलामा आएको बाढीका कारण दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग आइतबार बिहान ६ बजेदेखि पुनः सञ्चालनमा आएको छ। पानीको सतह घटेपछि अस्थायी डाइभर्सन बनाएर दुईतर्फी यातायात सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
शुक्रबारदेखि परेको अविरल वर्षाले रोशी क्षेत्रमा अस्थायी सडक बगाउँदा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो। बाढीले चौकीडाँडादेखि नेपालथोकसम्म करिब चार किलोमिटर क्षेत्रमा डाइभर्सन बगाएको थियो।
सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयको सहकार्यमा अस्थायी सडक निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको हो। यद्यपि मौसम अझै प्रतिकूल रहेकाले सावधानीपूर्वक यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ।
यसअघि बाढीपहिरोका कारण धुलिखेल, काभ्रेभन्ज्याङ, भकुण्डे, नेपालथोक र मङ्गलटार क्षेत्रमा सवारी आवागमन रोकिएको थियो।











प्रतिक्रिया