काठमाडौँ
नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘स्विच टु टियागो इभी’ नामक विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ ।
योजनाअन्तर्गत ग्राहकले आफ्नो पुरानो बाइक वा स्कुटर साटेर नयाँ टाटा टियागो इभी खरिद गर्न सक्नेछन् । यो विशेष क्याम्पेन मार्च १३, १४ र १५, २०२६ मा देशभर सञ्चालन हुने कम्पनीले जनाएको छ ।
अभियानअन्तर्गत जुनसुकै ब्रान्डका बाइक वा स्कुटर प्रयोगकर्ताले आफ्नो सवारीको एक्सचेन्ज गरी आकर्षक सुविधासहित टियागो इभी किन्न सक्ने व्यवस्था गरिएको छ । यस अफरमा ग्राहकहरूले ४ लाख ९९ हजार रुपैयाँ डाउनपेमेन्टमै टियागो इभी आफ्नो बनाउन सक्नेछन् ।
योजनाअन्तर्गत पुराना दुईपाङ्ग्रे सवारीको उत्कृष्ट मूल्याङ्कन, आकर्षक नगद छुट, निःशुल्क एक्सेसरिज तथा एक वर्षको सवारी कर छुटजस्ता सुविधा उपलब्ध हुनेछन् । साथै ग्राहकले सिप्रदी नेटवर्कमार्फत आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ तथा निःशुल्क होम चार्जिङ इन्स्टलेसनको सुविधा पनि पाउने कम्पनीले जनाएको छ । सुरक्षित, आरामदायी र आधुनिक प्रविधियुक्त विद्युतीय कार प्रयोग गर्न चाहने ग्राहकका लागि यो योजना उपयोगी हुने विश्वास कम्पनीले व्यक्त गरेको छ । इच्छुक ग्राहकहरूले देशभर रहेका टाटा मोटर्सका आधिकारिक सोरुममा पुगेर मार्च १३, १४ र १५ मा उक्त अफरको लाभ लिन सक्नेछन् ।











प्रतिक्रिया