रिलायन्स फाइनान्स र मेट्रो ल्याबबीच स्वास्थ्य परीक्षणमा छुट


काठमाडौँ
रिलायन्स फाइनान्स लिमिटेड र मेट्रो ल्याब प्रा.लि.बीच स्वास्थ्य परीक्षण सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार मेट्रो ल्याबले फाइनान्सका कर्मचारी तथा ग्राहकलाई विभिन्न ल्याब परीक्षण सेवामा अधिकतम ३० प्रतिशतसम्म छुट दिनेछ ।

रिलायन्स फाइनान्सको प्रधान कार्यालय कमलादीमा आयोजित कार्यक्रममा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत डा. बुद्धि मल्ल र मेट्रो ल्याबका प्रबन्ध निर्देशक शंकर देवकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार स्वास्थ्य परीक्षण प्याकेजमा १० प्रतिशत तथा अन्य ल्याब परीक्षणहरूमा ३० प्रतिशतसम्म छुट प्रदान गरिनेछ । काठमाडौंको बानेश्वरबाट सेवा प्रदान गर्दै आएको ल्याबले रिलायन्स फाइनान्सको मोबाइल बैंकिङ एप तथा एटिएम कार्डमार्फत भुक्तानी गर्दा कर्मचारी र ग्राहकले उक्त छुट पाउने व्यवस्था गरिएको छ । देशभर २१ शाखा रहेको रिलायन्स फाइनान्सले यसअघि चितवनको लड्र्स सिबिसी प्लाजा, मण्डला नोलिङ, लड्र्स प्राइम काठमाडौं र डायमण्ड प्लालेस लड्र्स प्लाजा नेपालगञ्जसँग पनि विभिन्न सेवामा छुट दिने सम्झौता गरिसकेको छ ।