महालक्ष्मी विकास बैंकको दिगो बैंकिङ प्रवद्र्धन कार्यक्रम पोखरामा सम्पन्न


काठमाडौँ
महालक्ष्मी विकास बैंकले दिगो बैंकिङ अभ्यासलाई प्रवद्र्धन गर्ने उद्देश्यले दुईदिने कार्यशाला तथा पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत फागुन २४ र २५ गते पोखरास्थित फेवाताल किनारमा कार्यक्रम आयोजना गर्दै वातावरण, संस्कृति र सम्पदा संरक्षणप्रति प्रतिबद्धता व्यक्त गरेको जनाएको छ ।
कार्यक्रममा बैंकका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो ।

कार्यशालामा आर्थिक वर्ष २०८२÷८३ को हालसम्मको वित्तीय अवस्था, पछिल्लो निर्वाचनपछिको आर्थिक वातावरण तथा अन्तर्राष्ट्रिय परिस्थितिबाट आउन सक्ने सम्भावित आर्थिक चुनौतीबारे समेत विश्लेषण गरिएको थियो। साथै, फेवाताल किनारमा आयोजित सामूहिक पदयात्रामार्फत दिगो वित्तीय अभ्यासको महत्वबारे जनचेतना फैलाउने लक्ष्य राखिएको बैंकले जनाएको छ ।

“सबल बैंक, सफल सहकार्य” नारासहित ३१ वर्षदेखि सेवा दिँदै आएको बैंकका देशभर १०३ शाखा र करिब ८ लाख ५० हजारभन्दा बढी ग्राहक रहेका छन् ।