काठमाडौँ
गर्मी मौसमको तयारीलाई ध्यानमा राख्दै, एलजीले ग्राहकहरूलाई विशेष सेवा प्रदान गर्न निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प सञ्चालनमा ल्याएको छ । यही फाल्गुन २० गते देखि सीमित अवधिको लागि नेपालका सम्पूर्ण एसीका ग्राहकलाई लक्षित गरी योजना अघि सारिएको हो ।
यस योजना अन्तर्गत ग्राहकले कुनै पनि ब्रान्डको एसीमा निःशुल्क एसी सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो एसी साट्न चाहेमा, उक्त पुरानो एसीमा विगतको भन्दा ५० प्रतिशतसम्मको थप मूल्याङ्कनका साथ एलजीको उच्च गुणस्तरीय एसी सँग साट्न सक्नेछन् । ग्राहकले धधध.अनभभिह.अयm्भहअजबलनभ मा गई आफ्नो पुरानो एसी को मूल्याङ्कन आफैँ पनि गर्न सक्ने कम्पनीले जनाएको छ ।
यो सुविधा र सर्भिस लिनको लागि ग्राहकले टोल फ्री नं १६६–००–१००–२११ वा ०१–५९७०२११ मा अथवा एलजीको सामाजिक सञ्जाल पेज मार्फत आफ्नो विवरण रजिस्टर गराउनु पर्नेछ । रजिस्टर पश्चात् एलजीका टेक्नीसियन ग्राहकका घरमै गई यो सुविधा प्रदान गर्नेछन् ।
यस योजनामा थप सुविधा प्रदान गर्दै कम्पनीले एसीको रिपेयरिङ गर्दा स्पेयर पार्टस् मा ५० प्रतिशतसम्म छुटका साथै नयाँ एलजीको एसी खरिद गर्दा २०प्रतिशतसम्मको विशेष छुट प्रदान गरिएको छ । साथै ग्राहकले नयाँ एसीमा ४ हजार रुपियाँ बराबरको फ्री इन्स्टलेशन पनि पाउनेछन् । यसका साथै, एक्सचेन्ज योजनामा सहभागी हुने ग्राहकहरूले २ वटा निःशुल्क सेवा कुपन पाउनेछन्, जसको मूल्य ३ सय रुपियाँसम्म हुनेछ ।











प्रतिक्रिया