काठमाडौँ
सन् २०२२ मा स्थापित इन्टरनेट सेवा प्रदायक कम्पनी ‘वाई–फाई नेपाल’ले १ लाख परिवारलाई जोड्दै छोटो समयमै ठूलो सफलता प्राप्त गरेको बताएको छ ।
मध्यम वर्गीय तथा साना परिवारलाई लक्षित गर्दै कम्पनी स्थापना भएको थियो । नेपालका हरेक घरधुरीलाई इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यका साथ देशभर १०० भन्दा बढी शहरमा विस्तार भइसकेको र ४० भन्दा बढी सम्पर्क कार्यालय मार्फत गुणस्तरीय ग्राहक सेवा प्रदान गरिरहेको जानकारी दिएको छ ।
वाई–फाई नेपालले स्थापनाकालदेखि नै आफूलाई इन्टरनेट सेवा प्रदायकको रूपमा मात्र नभई एक ‘डिजिटल साथी’को रूपमा चिनाउँदै आएको बताएको छ । ’छोटो समयमै १ लाख ग्राहक जोडिनु केवल उपलब्धि मात्र होइन, नेपालमा भरपर्दो इन्टरनेटप्रतिको बढ्दो आवश्यकता र विश्वासको स्पष्ट संकेत हो,’ कम्पनीले भनेको छ ।
देशभर अझ धेरै समुदायसम्म पहुँच विस्तार गर्दै डिजिटल पहुँचको अन्तर कम गर्ने र सबैलाई डिजिटल अवसरमा जोड्ने लक्ष्यका साथ अगाडि बढिरहेको कम्पनीले जनाएको छ ।











प्रतिक्रिया