रास्वपाका रवीन्द्र पटेल विजयी, प्रभु साहको १८ वर्षे प्रभुत्वमा अन्त

846
Shares

रौतहट। 

 १८ वर्षदेखि संसदीय राजनीतिमा आफ्नो प्रभुत्व जमाइरहेका आमजनता पार्टीका केन्द्रीय अध्यक्ष प्रभु साहको राजनीतिक विरासत राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवीन्द्र पटेलले यस निर्वाचनमा भत्काएका छन् । रवीन्द्र पटेलले कुल २७,३१८ मत प्राप्त गरी प्रतिनिधि सभामा विजयी भएका छन । उनका निकटतम प्रतिस्पर्धी जसपा नेपालका गोविन्द चौधरी ११,९५४ मतसहित दोस्रो स्थानमा छन् ।

 आमजनता पार्टीका अध्यक्ष प्रभु साह यस पटक ९,८९० मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् । यसैगरी, नेकपा एमालेका उम्मेदवार कुन्दन कुश्वाहाले ६,६०५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका रामकृपाल यादवले ६,४२० मत, र नेपाली कम्युनिस्ट पार्टीका पुनम यादवले ३,८८१ मत प्राप्त गरेका छन् ।  ०६४ सालको संविधान सभा निर्वाचनमा रवीन्द्र पटेलले प्रभु साहलाई जिताउन सक्रिय भूमिका खेलेका थिए ।

 त्यसपछि ०७०, ०७४ र ०७९ सालको निर्वाचनमा प्रभु साह अपराजित रहेका थिए । यस पटकको परिणामले रौतहटमा प्रभु साहको १८ वर्षे राजनीतिक प्रभुत्व अन्त्य भएको सङ्केत गर्छ ।