बाजुरामा कांग्रेसका गिरी विजयी

1.22k
Shares

बाजुरा ।

बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। गिरी एमालेका लाल बहादुर थापालाई ५४० मतले पराजित गर्दै विजयी भएका हुन्। मुख्य निर्वाचन अधिकृतकाे कार्यालयकाे अन्तिम मत परिणाम अनुसार कांग्रेसका गिरीले १७ हजार १ सय ७३ मत प्राप्त गर्नुभएको हाे।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका थापाले १६ हजार ६ सय ३३ मत प्राप्त गरेका हुन्। त्यस्तै,राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापाले ६ हजार ३५ प्राप्त गर्नुभएको छ ।नेपाली कम्युनिस्ट पार्टीका प्रकाश बहादुर शाहले ३ हजार ४ सय २४ प्राप्त गरेका छन्। त्यस्तै क्रमश:केशर शाहीले हलाे चिन्हमा ३ सय ५२ दिपक डिसिले आँखा चिन्हमा ९७ भुपेन्द्र विकले गुलाफ चिन्हमा ३३३ र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले चराेमा ७२ मत पाएका छन्।

विजयी गिरी नेपाल सरकारका पूर्व भुमिसुधार सहायक मन्त्री समेत हुन्। बाजुराका ८७ हजार ८६१ मतदातामध्ये ४५हजार ३९० मत खसको थियाे ।एक निर्वाचन क्षेत्र रहेको बाजुरामा सात राजनीतिक दल र एक स्वतन्त्र गरी आठ उम्मेदवार चुनावी प्रतिष्प्रर्धामा थिए। बाजुरामा याे निर्वाचन ऐतिहासिक नमुना मतदान समेत भएको थियाे।बाजुरामा ७७ मतदान स्थलका ११८ मतदान केन्द्र र १ अस्थायी मतदान केन्द्र थिए।

प्रत्यक्षतर्फकाे मतगणना सम्पन्न पश्चात् समानुपातिक तर्फका मतगणना गरिने मुख्य निर्वाचन अधिकृत संजीव पाेखरेलले जानकारी दिए। बाजुरामा विगतका निर्वाचनकाे परिणाम अनुसार वि.सं.२०४८,२०५६,२०६४ सालकाे निर्वाचनमा नेपाली कांग्रेसले नतिजा आफ्नो जित पारेकाे थियो।

वि.सं.२०५१,२०७० र २०७४ सालमा नेकपा एमालेले जितेको थियो। पुन: २०८२ काे निर्वाचन नेपाली कांग्रेसले जितेकाे छ।यस अघि २०७९ सालमा समते कांग्रेस काबद्री प्रसाद पाण्डेले जित हात पारेका थिए । विजयी कांग्रेस गिरी काे हुन्? प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका गिरी बाजुराकाे स्वामिकार्तिक खापर गाउँपालिकाका वडा नं ४का स्थायी बासिन्दा हुन्। गिरी कांग्रेसको अनुभवी नेताको रूपमा परिचित छन्।

उनलाई पार्टी र देशको लोकतान्त्रिक प्रक्रियालाई मजबुत पार्ने र जनतासँग सिधै संवाद राख्ने नेताको रूपमा लिइन्छ। गिरी नेपाल सरकारका पूर्व भूमिसुधार सहायक मन्त्रीसमेत हुन्। उनी २०५६ सालमा प्रतिनिधि सभा सदस्य बनेर भूमि सुधार तथा सहायक मन्त्री समेत बनेका थिए । ०३८ सालदेखि विद्यार्थी राजनीति (नेविसंघ) मार्फत अहिलेसम्म उनी राजनीतिमा सक्रिय छन्। विकासवादी, सादगी र निष्कलङ्क छवि भएका नेताको रूपमा गिरीलाई लगिन्छ ।

उनले समावेशी न्याय,लोकतान्त्रिक पद्धति र शान्ति प्रक्रियाका विषयमा आवाज बुलन्द गर्दै आएका छन् ।२०४६ साल देखि निरन्तर राजनीति क्षेत्रमा सक्रिय रहेका गिरीले राजनिती क्षेत्रबाट समाज र देश परिवर्तनकाे ठुलाे अनुभव बटुलेका छन्। उमेरका हिसाबले पाकाे भए पनि शाेच,विचार युवाजस्तै भएका नेता गिरीले बाजुराकाे भाग्य र भविष्य बदल्ने देखिन्छ।

मतदाताहरुले बाजुराकाे मुहार परिवर्तनकाे लागी कांग्रेस नेता गिरी नै उपयुक्त ठान्दै विजयी समेत गराएका छन्।नेता गिरी लामाे समयदेखि राजनितिमा सक्रिय र अनुभव बटुलिसकेका नेता भएकोले उनमा परिवर्तनकाे ठुलाे आशा देखिन्छ । यसैवीच उनका प्रतद्वन्दी रास्वपाका उम्मेद्वार हेमराज थापाले सामाजिक सञ्जाल मार्फत नवनिर्वाचित गिरीलाई खुलेर बधाई दिएका छन्।

निर्वाचन हुनु अघि बाजुराका सात दल र एक जना स्वतन्त्र उम्मेदवारले बाजुरामा स्वच्छ निश्पक्ष निर्वाचन सम्पन्न गर्न सामुहिक प्रतिवद्धता जनाएका थिए। फलस्वरूप बाजुरामा शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएकाे छ। यसले राजनीतिक संस्कारकाे विकास भएकाे अनुभवी नेता बताउँछन् ।

अनि सदरमुकाम मार्तडीमा आयाेजित काेणसभालाई सम्वाेधन गर्दै पार्टीका नेता कार्कर्ता , प्रहरी प्रशासन सुरक्षाकर्मी अाम मतदाता , पत्रकार , निर्वाचन अायाेग लगायत सम्पुर्ण जनसमुदायलाई धन्यावाद दिएका छन्। अाफ्नाे जीवन सामाजिक सेवामा वितेकाेले बाजुरेली मतदाताले थप जिम्मेवारी दिएकाे छ। म मन वचन र कर्मले भ्याए सम्म बाजुरेली नागरिककाे सर्वाेत्तम हित र विकास निर्माणमा सहजिकरण गर्न अहाेरात्र खटिने प्रतिवद्धता जाहेर गर्नु भएकाे छ ।