काठमाडौं ।
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेल भारी मतका साथ निर्वाचित भएका छन्।
निर्वाचन अधिकृत सम्झना सिम्खडा पुडासैनीका अनुसार खरेलले ३९ हजार ९ सय ४१ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले ७ हजार ४ सय २० मत प्राप्त गरेका छन्।
यसैगरी उज्यालो नेपाल पार्टीका उम्मेदवार राजाराम तण्डुकारले ५ हजार ५ सय ४७ तथा नेकपा एमालेका प्रेमबहादुर महर्जनले ४ हजार ५ सय ३६ मत प्राप्त गरेका छन्।
कूल ८९ हजार ८२ मतदाता रहेको ललितपुर–२ मा ६१ हजार ९ सय ७५ मत खसेको थियो। जसमध्ये ३१ हजार ३५ महिला र ३० हजार ९ सय ४० पुरुष मतदाता रहेका थिए। उक्त निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी २३ जना उम्मेदवार प्रतिस्पर्धामा थिए।











प्रतिक्रिया