डोटी।
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत डोटी जिल्लामा नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का विजयी हुनु भएको छ ।
कांग्रेसका उम्मेदवार खड्काले १४ हजार ८९७ मत प्राप्त गरी विजयी हुनु भएको छ भने उहाँका निकटतम प्रतिद्धन्द्धि नेकपा (एमाले) का उम्मेदवार दीपक धामीले १४ हजार ११० मत प्राप्त गर्नु भएको छ ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नरेन्द्र खड्काले १३ हजार २७०, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का त्रिलोचन भट्टले ५ हजार ४१३ मत प्राप्त गर्नु भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का खडगप्रसाद अग्रवालले ५९४, राष्ट्रिय जनमोर्चाका मणिराम भट्टले ४१७, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का प्रकाश कठायतले ३९२, मितेरी पार्टी नेपालका सरस्वतीकुमारी पालले ४३ तथा नेपाल मज्दुर किसान पार्टीका खगेन्द्रबहादुर शाहीले ३२ मत प्राप्त गर्नु भएको छ ।
डोटीमा कुल मतदाता संख्या १ लाख २८ हजार ३९९ रहेका छन् । डोटीमा ५२ हजार १४२ मत खसेको र २ हजार ९७४ मत बदर भएर कुल जम्मा ४९ हजार १६८ मत सदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।











प्रतिक्रिया