रुपन्देही-२ मा रास्वपाका खरेल फराकिलो मतान्तरले विजयी

1.03k
Shares

बुटवल। 

 रुपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेलले फराकिलो मतान्तरले जित हासिल गरेका छन् ।
२०६४ सालदेखि निरन्तर निर्वाचित हुँदै आएका नेकपा एमालेका विष्णु पौडेललाई ४३ हजार ६८९ को फराकिलो मतान्तरले खरेलले जित हासिल गरेका हुन। सुरुवातदेखि नै अग्रता कायम गरेका सुलभले ५६ हजार ५५० मत ल्याए ।

शनिवार सार्वजनिक अन्तिम परिणाम अनुसार एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री पौडेलले जम्मा १२ हजार ८६१ मत ल्याए ।

निकटतम मानिएका पौडेलले जमानत जोगाए पनि निकै कम मत ल्याएका हुन् ।

नेपाली काँग्रेसका चुन्न पौडेलले ९ हजार ३९२ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका सुभाषा पाण्डेय विश्वदिपले १४०९ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ । रुपन्देही २ मा २०६४ सालयता एमालेका विष्णु पौडेलले निरन्तर चुनाव जित्दै आएका थिए ।

यहाँ कुल १ लाख ३५ हजार ५० मतदाता रहेका छन् । जसमध्ये ८६ हजार ५३० मत अर्थात् ६४.०७ प्रतिशत मत खसेको छ । त्यसमध्ये ८४ हजार १३ मत सदर भएको छ भने २ हजार २९० मत बदर भएको छ।