बुटवल।
रुपन्देही जिल्लाको ३ नम्बर निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. लेखजंग थापा ५८८१४ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
मूख्य निर्वाचन अधिकृत अशोक कुमार बस्नेतका अनुसार नेपाली काँग्रेसका सुशील गुरुङले ८४३५ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार वासुदेव घिमिरेले ८२७५ मत प्राप्त गरेका छन् ।
वरिष्ठ न्युरोलोजिस्टका रूपमा स्थापित नाम बनाइसकेका थापाले सुशासन, सामाजिक न्याय र विज्ञतामा आधारित राजनीतिको पक्षमा उभिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राष्ट्रिय राजनीतिमा सक्रिय भूमिका लिएका हुन् ।
व्यवसायिक श्रपमा डा. थापा हाल काठमाडौँको महाराजगञ्जस्थित नेसनल न्युरो सेन्टरमा न्युरोलोजी विभाग प्रमुखका रूपमा कार्यरत छन् । उनी नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्षसमेत हुन् ।











प्रतिक्रिया