मोरङ-६ बाट रास्वपा उम्मेदवार आचार्य विजयी

कांग्रेस उम्मेदवार शेखर काेइराला भने ४२ हजार ६ सय ६३ मतान्तरले पराजित


काठमाडौँ।

प्रतिनिधिसभा निर्वाचनमा मोरङ-६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रूविना आचार्य विजयी भएकी छन् ।

उनले ५५ हजा ५ सय १३ मत प्राप्त गरेर विजयी भएको निर्वाचन कार्यालयले जनाएको हाे। उनी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शेखर कोइरालाले १२ हजार ८ सय ५० मत प्राप्त गर्दै पराजित भएका छन् । शेखरको तुलनामा रविनाले चार गुणा भन्दा बढी मत प्राप्त गरी बिजयी भएकी हुन् ।

रूविनाले शेखरलाई ४२ हजार ६ सय ६३ मतान्तरले पराजित गरेकी छन् ।