टेलि डिजिटल सर्भिसेसद्वारा अधिकृत गुगल वर्कस्पेस योजनामा स्थानान्तरण सम्बन्धी औपचारिक सहयोग घोषणा


काठमाडौँ
नेपालमा गुगल वर्कस्पेसको अधिकृत प्रत्यक्ष रिसेलरका रूपमा कार्यरत टेलि डिजिटल सर्भिसेस प्रा. लि. ले अनधिकृत गुगल वर्कस्पेस सदस्यतासँग सम्बन्धित खाता निलम्बनका घटनाहरू बढ्दै गएपछि देशभरका संस्थालाई तत्काल सतर्कता अपनाउन आग्रह गरेको छ ।

कम्पनीका अनुसार अधिकृत संरचनाबाहिर सञ्चालन हुने विक्रेतामार्फत अनजानेमा सदस्यता खरिद गरेका धेरै व्यवसायले अचानक सेवा अवरोध, इमेल तथा साझा ड्राइभमा पहुँच प्रतिबन्ध र गम्भीर सञ्चालन अवरोधको सामना गरिरहेका छन् । केही अवस्थामा पूर्वसूचना नै नदिई कारबाही प्रक्रिया अघि बढेको पाइएको छ ।

नेपालका लागि गुगल वर्कस्पेसको आधिकारिक सूचीबद्ध दर प्रति प्रयोगकर्ता प्रति महिना अमेरिकी डलर ७ रहेको छ । प्रति प्रयोगकर्ता प्रति महिना अमेरिकी डलर ७ भन्दा कम मूल्यमा उपलब्ध गराइने सदस्यतालाई गम्भीर चेतावनी संकेतका रूपमा लिनुपर्ने कम्पनीले जनाएको छ । यस्तो दरले सदस्यता गुगलको स्वीकृत लाइसेन्स तथा वितरण संरचनाअन्तर्गत नहुन सक्ने संकेत गर्ने बताइएको छ ।

केही अवस्थामा शिक्षा प्रयोजनका लागि मात्र मान्य योजना गैर–शैक्षिक संस्थाहरूलाई छुट दरमा उपलब्ध गराइएको भेटिएको छ। यस्तो व्यवस्था गुगलको लाइसेन्स नीतिअनुरूप नहुन सक्ने र यसले कारबाहीको जोखिम उल्लेखनीय रूपमा बढाउने कम्पनीको भनाइ छ ।

धेरै व्यवसायहरूले जानाजानी नीति उल्लङ्घन नगरेको भए पनि परिणाम भने समान रूपमा गम्भीर हुन सक्ने चेतावनी दिइएको छ। गुगल क्लाउडका सेवा सर्तहरूको उल्लङ्घन भएमा खाता निलम्बन तथा सम्भावित डाटा गुम्ने जोखिम उत्पन्न हुन सक्छ । एकपटक कारबाही लागू भएपछि व्यवसाय निरन्तरता तुरुन्त प्रभावित हुने देखिएको छ ।

कम्पनीका व्यवसाय तथा मार्केटिङ प्रमुख निखिल खेराडीले प्रभावित सबै व्यवसायहरूले गलत नियतले सदस्यता नलिएको उल्लेख गर्दै पर्याप्त जानकारीको अभावमा यस्तो अवस्था सिर्जना भएको बताउनुभयो । उनले संस्थाहरूलाई आफ्नो वर्कस्पेस सदस्यता तुरुन्त परीक्षण गरी वैध सदस्यतामा सहज स्थानान्तरण गर्न आग्रह गर्नुभयो । उनका अनुसार कम्पनीको टोली हालको अवस्था मूल्यांकन, वैध सदस्यतामा रूपान्तरण तथा सञ्चालनसम्बन्धी जोखिम न्यूनीकरणमा पूर्ण रूपमा सक्षम रहेको छ ।

कम्पनीले आफू नेपालमा गुगल वर्कस्पेस सदस्यता बिक्री, स्थापना तथा प्राविधिक सहयोग प्रदान गर्न आधिकारिक रूपमा प्रमाणित संस्था भएको पुष्टि गरेको छ। वित्तीय सेवा, शिक्षा, स्वास्थ्य सेवा, खुद्रा व्यापार तथा व्यावसायिक सेवा क्षेत्रका ६० भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिसकेको कम्पनीले जनाएको छ, जसमा नियमअनुरूप कार्यान्वयन र दीर्घकालीन खाता व्यवस्थापन समावेश छन्।

प्रमुख कार्यकारी अधिकृत नवांकुर सूदले टेलि डिजिटल सर्भिसेसको जिम्मेवारी केवल वर्कस्पेस लाइसेन्स बिक्रीमा सीमित नभएको उल्लेख गर्दै नेपाली व्यवसायहरूको डिजिटल भविष्य सुरक्षित बनाउने दीर्घकालीन प्रतिबद्धता दोहो¥याए। उनका अनुसार अनधिकृत योजनाका कारण देखिएको वर्तमान सञ्चालन संकट टार्न सकिने विषय थियो र भविष्यमा यस्ता कमजोरी दोहोरिन नदिन कम्पनी गम्भीर रूपमा लागिपरेको छ ।

तत्काल उपलब्ध सेवामा खाता निलम्बन मूल्यांकन, सहज स्थानान्तरण सहयोग, नियमअनुरूपता समीक्षा, निरन्तर प्राविधिक सहयोग तथा खाता व्यवस्थापन लगाएको छ ।
हाल प्रति प्रयोगकर्ता प्रति महिना अमेरिकी डलर ७ भन्दा कम दरमा गुगल वर्कस्पेस सदस्यता प्रयोग गरिरहेका वा आफ्नो सदस्यताको स्रोतबारे अनिश्चित रहेका संस्थाहरूलाई व्यवसाय निरन्तरता सुरक्षित राख्न ढिलाइ नगरी सत्यापन गर्न कडा सिफारिस गरिएको छ ।