ओमेगा क्यापिटललाई घरजग्गा कारोबारको इजाजत


काठमाडौँ
ओमेगा क्यापिटल एडभाइजर्स प्रा.लि.ले घरजग्गा कारोबार गर्न औपचारिक सरकारी इजाजतपत्र प्राप्त गरेको छ । नेपाल सरकारअन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभाग (भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय) बाट कम्पनीलाई इजाजतपत्र नं. बिएरके १८३५६०१ प्रदान गरिएको हो ।

प्रचलित कानून तथा नियमावलीअनुसार प्राप्त यस इजाजतपत्रमार्फत कम्पनीले तोकिएका महानगरपालिका तथा उप–महानगरपालिका क्षेत्रमा कानुनी रूपमा घरजग्गा खरिद–बिक्री सम्बन्धी कारोबार सञ्चालन गर्न पाउनेछ । साथै, एक पटकको कारोबारमा पाँच करोड रुपैयाँभन्दा बढी वा कम रकमको कारोबार गर्न समेत अनुमति दिइएको कम्पनीले जनाएको छ ।

इजाजतपत्र प्राप्तिसँगै कम्पनीले प्रचलित कानुन र नियामकीय व्यवस्था पूर्ण रूपमा पालना गर्ने, पारदर्शी, जिम्मेवार र नैतिक व्यावसायिक अभ्यास अपनाउने तथा सुरक्षित र विश्वसनीय घरजग्गा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । ग्राहक तथा सरोकारवालाको हितलाई उच्च प्राथमिकतामा राख्दै गुणस्तरीय सेवा विस्तार गर्ने कम्पनीको लक्ष्य रहेको उल्लेख गरिएको छ ।

कम्पनी व्यवस्थापनका अनुसार यो उपलब्धि व्यावसायिक विश्वसनीयता, कानुनी वैधता र दीर्घकालीन विस्तारका लागि महत्वपूर्ण कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरिएको छ । आगामी दिनमा अझ प्रभावकारी, पारदर्शी र कानुनसम्मत घरजग्गा परामर्श तथा कारोबार सेवा प्रदान गर्दै बजारमा सशक्त उपस्थिति कायम गर्ने प्रतिबद्धता पनि कम्पनीले जनाएको छ ।