काठमाडौँ
अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि एनआईसी एशिया क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । यससम्बन्धी द्विपक्षीय सम्झौतामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सदिच्छा कार्की र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गर्नुभएको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः१.५ अनुपातमा प्रतिकित्ता १०० रुपियाँ अंकित दरका ७६ लाख ४७ हजार ६० कित्ता हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी ५० लाख ९८ हजार ४० कित्ता शेयर बराबर रहेको छ । हकप्रद निष्काशनमार्फत कम्पनीले कुल ५० करोड ९८ लाख ४ हजार रुपैयाँ पूँजी संकलन गर्ने लक्ष्य लिएको जनाएको छ ।
एनआईसी एशिया क्यापिटलले यसअघि सामूहिक लगानी कोष र डिबेञ्चरसहित २० वटा कम्पनीको धितोपत्र निष्काशन तथा ४ वटा कम्पनीको हकप्रद शेयर निष्काशन सम्पन्न गरिसकेको छ । क्यापिटलले हालसम्म विभिन्न सेवामार्फत १९ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी पूँजी संकलन गरिदिएको जनाएको छ ।











प्रतिक्रिया