पन्च. इभी किन्नका लागि अर्को कारण – ७०% रिसेल ग्यारेन्टी


काठमाडौँ ।

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.ले फेब्रुअरी महिनालाई लक्षित गर्दै टाटा पन्च.इभीमा निकै आकर्षक योजना सार्वजनिक गरेको छ ।

कम्पनीले यस अवधिमा पन्च.इभी खरिद गर्ने ग्राहकहरूका लागि ७० प्रतिशत रिसेल ग्यारेन्टेडको विशेष सुविधा ल्याएको हो। यो योजना फेब्रुअरी महिनाभर टाटाको लोकप्रिय पन्च.इभी खरिदमा मात्र लागू हुनेछ । कम्पनिका अनुसार पन्च.इभी खरिद गरेपछि भविष्यमा त्यसको उचित मूल्य प्राप्त होस् भन्ने उद्देश्यले कम्पनीले यो उच्च रिसेल भ्यालुको सुनिश्चितता प्रदान गरेको हो ।

यो फेब्रुअरी महिनाभरि पन्च.इभी खरिद गर्ने ग्राहकले भविष्यमा टाटाको कुनै अरु गाडी साट्ने बेलामा ७०% ग्यारेन्टेड रिसेल पाउनु हुनेछ । यसले अहिले पन्च.इभी किन्ने ग्राहकमा थप आत्मविश्वास बढ्ने कम्पनिले अपेक्षा रहेको छ । यो स्किमको बिस्तृत जानकारी टाटा गाडीको नेपालभरि रहेको शोरुममा गएर बुझ्न सक्नुहुन्छ ।

अत्याधुनिक प्रविधि र प्रिमियम फिचर्ससहितको टाटा पन्च.इभी नेपाली बाटोलाई सुहाउँदो भएकोले ग्राह माझ लोकप्रिय छ । फेब्रुअरी महिनाभित्र गाडी खरिद गरे पश्चात भविष्यमा उचित रिसेल मुल्यांकन पाउने हुँदा ग्राहकले आर्थिक रूपमा ठूलो फाइदा लिन सक्ने सिप्रदीको विश्वास छ ।