१५ वर्षदेखि निर्यातमा अग्रणी फोटोन मोटर


काठमाडौँ ।
फोटोन मोटर अफ चाइना (चीनको फोटोन मोटर)ले कमर्सियल भेहिकल क्षेत्रमा आफ्नो विश्वव्यापी नेतृत्व पुनः प्रमाणित गरेको छ । “ड्राइभ टु ग्रेट” भन्ने ग्लोबल थिमसहित कम्पनीले सन् २०२५ मा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ ।

सन् २०२५ मा फोटोन मोटरले विश्वभर ६ लाख ५० हजारभन्दा बढी युनिट बिक्री गर्दै चीनको कमर्सियल सवारी क्षेत्रमा नम्बर १ स्थान कायम राखेको छ । लाइट कमर्सियल भेहिकल, हेभी–ड्युटी ट्रक तथा न्यू इनर्जी सोलुसन जस्ता उत्पादनमार्फत कम्पनीले विभिन्न व्यवसायिक आवश्यकता पूरा गर्दै आएको छ ।

ओभरसिज बजार कम्पनीको मुख्य ग्रोथ ड्राइभर बनेको छ। १ लाख ६४ हजार ५ सयभन्दा बढी युनिट विदेशमा बिक्री गर्दै फोटोनले लगातार १५ वर्षसम्म चीनको कमर्सियल भेहिकल निर्यातमा अग्रस्थान कायम राखेको छ । हाल फोटोनका सवारी १४० भन्दा बढी देशमा उपलब्ध छन् ।

नेपालमा एमएडब्लू वृद्धिमार्फत फोटोनका सवारी बिक्री तथा सर्भिस उपलब्ध छन् । देशभर फैलिएको सेल्स तथा सर्भिस नेटवर्क र सीसीएस–२ टाइप डीसी फास्ट चार्जिङ पोइन्टसहित कम्पनीले नेपाली ग्राहकलाई विश्वसनीय सेवा प्रदान गर्दै आएको छ ।

फोटोन मोटरले आगामी दिनमा पनि गुणस्तरीय र भविष्य–केन्द्रित कमर्सियल सोलुसन उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ ।