काठमाडौँ ।
बेलायतमा उच्चशिक्षा अध्ययन गरी फर्केका युवाले काठमाडौंमा शैक्षिक परामर्श सेवा शुरू गरेका छन् । उच्च शिक्षा अध्ययन विदेश जान इच्छुक विद्यार्थीलाई विशेषज्ञ मार्गदर्शन प्रदान गर्ने उद्देश्यले एसईए कन्सल्टेन्सी सुरु गरिएको प्रमुख कार्यकारी अधिकृत सुस्मिता सिवाकोटीले जानकारी दिइन् ।
काठमाडौंको कालधारामा कार्यालय राखेर सुरु गरिएको उक्त कन्सल्टेन्सीले करियर काउन्सेलिङ तथा शैक्षिक मार्गदर्शन र भिसा सेवा, आईईएलटीएस र पीटीई तयारी कक्षा, विद्यार्थी भिसा सहजीकरण सेवा, आईईएलटीएस र पीटीईको मक टेस्ट जस्ता सेवा प्रदान गर्ने कम्पनीका प्रबन्ध निर्देशक सुमन भट्टले जानकारी दिनुभयो ।
कम्पनीमा सिवाकोटी र भट्टका अलावा ईरोस महर्जन र आकाशकुमार अग्रवालको पनि लगानी छ । कन्सल्टेन्सीले विद्यार्थीलाई गुणस्तरीय करियर काउन्सेलिङ तथा शैक्षिक परामर्श सेवा प्रदान गर्ने लक्ष्य लिएको प्रमुख कार्यकारी अधिकृत शिवाकोटीले जानकारी दिइन् ।
कन्सल्टेन्सीले बेलायत, अस्ट्रेलिया, अमेरिका, क्यानडा, युरोप तथा न्युजिल्यान्डका लागि अध्ययन परामर्श सेवा उपलब्ध गराउनेछ । शिवाकोटी र भट्टले बेलायतको प्रतिष्ठित विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरी स्वदेश फर्किएर कन्सल्टेन्सी खोलेका हुन् । यसअघि उनीहरुले यस क्षेत्रको अनुभव हासिल गरेका थिए ।
सेवा शुभारम्भ समारोहमा बोल्दै प्रमुख कार्यकारी अधिकृत सिवाकोटीले विद्यार्थीलाई पारदर्शी प्रक्रिया, विश्वसनीय सेवा तथा व्यावसायिक मार्गदर्शन प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।











प्रतिक्रिया