काठमाडौँ
नेपालकै तार, केबल तथा कन्डक्टर उत्पादनमा अग्रणी लिट्मस् इन्डस्ट्रिज लिमिटेडलाई भारतको पावर ग्रिड कर्पोरेशन अफ इन्डिया (पीजीसीआईएल)ले उच्च क्षमताको सीमापार विद्युत् प्रसारण लाइनका लागि कन्डक्टर आपूर्तिको स्वीकृति प्रदान गरेको छ । यससँगै कम्पनी सीमापार परियोजनामा चयन हुने एकमात्र नेपाली उत्पादक बनेको छ ।
सम्झौता अनुसार लिट्मसले ४०० केभी एसीएसआर मूस कन्डक्टर २,७९९ किलोमिटर उत्पादन गरी नेपाल–भारत सीमापार प्रसारण लाइन ढल्केबर–बथनाहा परियोजनामा प्रयोग गरिनेछ ।
यो प्रसारण लाइन ९०० मेगावाट क्षमताको अरुण–३ जलविद्युत् आयोजनासँग सम्बन्धित छ । नेपालमै पहिलोपटक ४०० केभी एसीएसआर मूस कन्डक्टर उत्पादन हुने यस उपलब्धिले देशको औद्योगिक र प्रविधिक क्षमतामा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।
पावर ग्रिड कर्पोरेशन अफ इन्डियाले परियोजना स्वीकृत गर्नु अघि लिट्मसको उत्पादन प्रक्रिया, क्षमता, गुणस्तर नियन्त्रण र कारखाना पूर्वाधारको गहन मूल्याङ्कन गरेको थियो । यस स्वीकृतिसँगै लिट्मस अन्तर्राष्ट्रिय आपूर्तिकर्ता रूपमा स्थापित भएको छ र नेपाल–भारत विद्युत् व्यापार र सीमापार ऊर्जा पूर्वाधार विकासमा नेपालको सहभागिता सशक्त बनाउने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया