काठमाडौँ
जावलाखेल डिस्टिलरी प्रा.लि.ले नेपालको रेडीटुड्रिङ्क (आरटीडी) श्रेणीमा नयाँ पहल गर्दै ‘रुस्लान–रिफ्रेसिङ अल्कोहोलिक पेय’ सार्वजनिक गरेको छ । नेपाली अल्कोहोलिक पेय बजारमा पहिलोपटक ‘पीच आइस टी’ स्वादमा तयार गरिएको यो पेय ५ प्रतिशत अल्कोहोल मात्रा (एबीभी) सहित युवापुस्तालाई लक्षित गरी डिजाइन गरिएको हो ।
कम्पनीका अनुसार, रुस्लान मौलिकता, व्यक्तित्व र आत्मविश्वासलाई प्रतिनिधित्व गर्दै ट्रेन्ड पछ्याउनेभन्दा आफ्नै शैली स्थापना गर्न चाहने युवालाई प्रेरित गर्ने उद्देश्यले तयार गरिएको छ । विश्वव्यापी रूपमा लोकप्रिय ‘पीच आइस टी’ स्वादलाई अल्कोहोलिक रूपमा रूपान्तरण गरी आधुनिक र सहज रूपमा पिउन मिल्ने पेयका रूपमा प्रस्तुत गरिएको छ ।
२७५ मिलिलिटरको आकर्षक क्यानमा उपलब्ध यो पेय हाल काठमाडौँका केही चयनित पसलहरूमा प्रतिक्यान २२५ रुपैयाँमा बिक्री भइरहेको छ । जावलाखेल डिस्टिलरीले रुस्लानलाई नयाँ पुस्ताको बदलिँदो जीवनशैली र सामाजिक संस्कृतिसँग जोडिएको ब्रान्डका रूपमा अघि बढाउने योजना बनाएको जनाएको छ ।











प्रतिक्रिया