काठमाडौँ
माया खोला हाइड्रोपावर लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेडबीच हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको छ । एक समारोहका बीच सम्पन्न उक्त सम्झौतामा माया खोला हाइड्रोपावरका कार्यकारी अध्यक्ष दिनेशप्रसाद श्रेष्ठ र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर हस्ताक्षर गर्नुभयो ।
सम्झौताअनुसार सिटिजन्स क्यापिटल लिमिटेडले कम्पनीको १ करोड कित्ता हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट आवश्यक अनुमति लिने तथा अनुमतिपश्चात बिक्री प्रबन्धकसम्बन्धी सम्पूर्ण कार्य गर्नेछ ।
२०६७ सालमा प्रा.लि.का रूपमा स्थापना भई २०७३ सालमा लिमिटेडमा रूपान्तरण भएको कम्पनीले संखुवासभा जिल्लामा १४.९ मेगावाट क्षमताको माया खोला जलविद्युत आयोजना निर्माण गरी २०८० असारदेखि विद्युत उत्पादन गर्दै आएको छ । उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरिँदै आएको छ । कम्पनीले २०७९ माघमा सर्वसाधारणका लागि प्राथमिक शेयरसमेत जारी गरिसकेको छ ।











प्रतिक्रिया