काठमाडौँ ।
नेपालका लागि ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले फिफा विश्वकप २०२६सँगको ह्युन्डाईको विश्वव्यापी साझेदारीको अवसरमा “ह्युन्डाई फिफा विश्वकप २०२६ टेस्ट ड्राइभ अभियान” सुरु गरेको छ। उक्त अभियान अप्रिल २०२६ सम्म सञ्चालन हुनेछ ।
अभियानअन्तर्गत नेपालभर रहेका ह्युन्डाईका शोरूमहरूमा गई कुनै पनि ह्युन्डाई गाडीको टेस्ट ड्राइभ गर्ने ग्राहकहरूले फिफा विश्वकप २०२६ का आयोजक देश संयुक्त राज्य अमेरिका, क्यानडा वा मेक्सिको मध्ये कुनै एकमा प्रत्यक्ष रूपमा खेल अवलोकन गर्ने जीवनमा एकपटक मात्र प्राप्त हुने अवसर जित्न सक्नेछन् । भाग्यशाली विजेताले एक जना सहयात्रीसहित विश्वकै सबैभन्दा ठूलो फुटबल मञ्चको रोमाञ्च प्रत्यक्ष अनुभव गर्न पाउनेछन् ।
यस अभियानमार्फत ग्राहकहरूले टेस्ट ड्राइभका क्रममा ह्युन्डाई गाडीको आरामदायी सुविधा, उन्नत प्रविधि र उत्कृष्ट प्रदर्शनको प्रत्यक्ष अनुभव लिन सक्नेछन् । साथै, अभियान अवधिमा ह्युन्डाई गाडी खरिद गर्ने ग्राहकका लागि विशेष लाभहरूको व्यवस्था गरिएको छ, जसले ग्राहक अनुभवलाई अझ आकर्षक र लाभदायक बनाउने कम्पनीले जनाएको छ ।
फिफा विश्वकप २०२६ को आधिकारिक साझेदारका रूपमा ह्युन्डाईले उत्साह, प्रदर्शन र प्रविधिलाई विश्वमञ्चमा उत्सवका रूपमा मनाउँदै आफ्ना ग्राहकसँगको सम्बन्धलाई निरन्तर सुदृढ गर्दै आएको छ । इच्छुक ग्राहकलाई नजिकको ह्युन्डाई शोरूममा गई टेस्ट ड्राइभ अभियानमा सहभागी भई फिफा विश्वकप २०२६को रोमाञ्चक यात्राको हिस्सा बन्न कम्पनीले आग्रह गरेको छ ।











प्रतिक्रिया