उम्मेदवार गिरी भन्छन्- ‘जग्गा बेचेर पढेँ, बाँकी सम्पत्ति बेचेर राजनीति गरेँ

बाजुरेलीको प्रतिनिधि बनेर अधुरा विकास योजना पूरा गर्ने प्रतिबद्धता

1.69k
Shares

बाजुरा। 

प्रतिनिधि सभासदस्य उम्मेदवार एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य जनकराज गिरी एक सादगी नेताका रुपमा चिन्छन् । २०४६ साल देखि निरन्तर राजनीति क्षेत्रमा लागेका  गिरीले भने जग्गा जमिन बेचेर पढेँ , पढिसकेपछि भएका जग्गा-जमिन पनि बेचेर राजनीति गरेँ ।उनले एक टेलिभिजन कार्यक्रम मार्फत आफ्नो चुनाववी प्रचार र  प्रतिबद्धता सार्वजनिक गर्दै भनेका छन् । “ तपाईले भन्नुभएन  नेताहरु शहरमा विलासी जीवन विताउँछन्, फर्किन्नन्  भनेर !”  मेरो पिता पूर्खाको जमिन बेचेको छु, जग्गा बेचेको छु ।  स्वयं म “ भुमिशुधार सहायकमन्त्री हुंँदा” । नयाँ जोड्ने त कहिले सोचैकै छैन, आलिसान भवनमा बस्छन् भन्ने आरोप पनि खेपेकोछु तर मसंग बचेको बाबुको वाईको एक चिम्टी जग्गा भन्दा वाहेक केही छैन उनको भनाई थियो ।   मान्छेहरु भन्ने गर्छन् नेताहरु  शहर केन्द्रित भए आलिसान घरमा बस्छन् पजेरो चढ्छन् । मलाई त्यही भुइँमान्छेसंग रमाईलो लाग्छ। यहीको विकासका लागि मेरो जीवन समर्पित छ । 
 
   नयाँ जग्गा जमिन जोड्ने मेरालागि त्यो सपना कहिल्यै भएन । अरुभन्दा मेरो जीवनशैली नितान्त फरक छ । मैले राजनीतिमा लागेर कहिल्यै पनि धन सम्पत्ति जोड्ने मेलो मेसोमा लागिन र लाग्ने रहर पनि छैन । पदमै रहँदा त घरको भात खाने जीउलो बेंचे लेक छाना बेचें। राजनीति गर्दागर्दै घरखेत बेचेर तथानाम भएको व्यक्ति हुं , म बाजुरेली माटोमा जन्मे बाजुरेली माटोको लागि केहीगर्न चाहन्छु। देश बनाउन पार्टीको नेतृत्व दूरदर्शी हुनपर्छ । नागरिकको भावना बुझ्ने नेतृत्वभएमात्र देश बन्छ उनले भने ।  गत भदौै २३-२४ गतेको जेन्जी आन्दोलनको जगमा टेकेर निर्वाचन हुन लागेकोले जेन्जीका जाहेज माग सम्बोधन गर्न पार्टी नेतृत्वनै परिवर्तन गरेको विशेष महाधिबेशन बाट काँग्रेस सुध्रेर आएको छ अव देश बनाउने जिम्मा पनि काँग्रेसको भएको बताए । 

 विकासका सन्दर्भमा गिरीले भने साँंफे मार्तडी सडक , मार्तडी कोल्टी–कोल्टी कवाडी र कर्णाली करिडोरको परिकल्पनाकार र जिल्लाको त्रिबेणी नगरपािलकाको ग्रामीण सडक ¥याप थ्रि परियोजना ,मार्तडी–थामलेख सडक  लगायत दर्जनौं  सडक निर्माणमा उल्लेखनीय भुमिका खेलेको छु ।  उज्यालो बाजुराका अगुवाका रुपमा दर्जनौ खोलाबाट लघुजलविद्युत सञ्चालन कर्णाली लिफ्ट सिंचाई योजना सञ्चालन अहम् भुमिकामा रहें । बाजुराका विकासवादी नेताभनेर चिनिने गिरीको विकास प्रतिको मोहोले बाजुराका करिव ८५ प्रतिसत नागरिक सडक सञ्जालमा जोडिएका नब्बे प्रतिशत मानिस उज्यालोमा जोडिएका छन्।  जिल्लाका उच्च शिक्षा हासिल गर्ने विद्यार्थीका लागि पहिलोपटक छात्रवृत्ति दिएर उच्च शिक्षा हासिल गर्न टेवा पु¥याएको छु,’ उनले भने । 

विभिन्न दातृनिकायसंको समन्वयमा जिल्लामा सामुदायिक विद्यालय भवन छात्रबास पालिकामा एम्वुलेसन्स  लगायतका काम गरेको छु। अहिलेको मूल समस्या भनेको युवा वेरोजागारी  , गुणस्तरीय स्वास्थ्य शिक्षा र जेन्जी आन्दोलको मूल मर्म अनुसार भ्रष्टाचारको अन्त्य र नागरिकसामु  सुशासनको प्रत्याभूति  गराउन प्रमुख दायित्व भएकोले आगामी दिनमा लोेकतन्त्रको रक्षा जिल्लाको समग्रविकास र राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा कूटनीतिक पहल मार्फत समृद्ध नेपालको परिकल्पना गरेका छौं त्यो हाम्रैपालामा सम्भव छ । कस्ले के गरे ? कसैको विरोध छैन, परिवर्ततिन काँग्रेसले समृद्ध देशको परिकल्पना बोकेको छ उम्मेदवार गिरीको भनाई छ।  
नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभासदस्यको उम्मेदवार भई अहिले खप्तड छेडेदह गाउँपालिका , बुढिगंगा र त्रिबेणी नगरपािलकाको घरदैलो अभियान सम्पन्न गरी शुक्रबार (आज)बडिमालिका नगरपालिकाको वडा न. पाँच मना पुगेका छौं । बाजुरा जिल्लाका गाउँवस्ती टोलमा छरिएर रहेका दाजुभाई दिदीवहिनीलाई भेटेको छौं ।  तल भुंइतहमा रहेका नागरिकको काँग्रेस प्रतिको उत्साह देखिएको छ। खासगरी यो जिल्ला भौगोलिक कारणले टोल छुटेको छ भने म फेरी तपाईहरु समक्ष पुग्ने छु , जुनठाउँमा पुग्न सकेको छैन क्षेमाप्रार्थी छु ।  फेरीपनि तपाईहरु समक्ष पुग्ने छु  । नसके आमसञ्चार माध्याम सामाजिक सञ्जाल मार्फत पुग्ने बाचा गर्दछु । एक्काइस गतेको निर्वाचनमा रुख चिन्नमा मतदान गरिदिन अपिल गर्दछु । काँग्रेस उम्मेदवार गिरीले एक भिडियो  सार्वजनिक  गरेका छन् । 

यतिवेला बाजुराका ग्रामीण क्षेत्रमा सात दलसहित एक स्वतन्त्र उम्मेदवार गरी आठैजना  उम्मेदवार मतदाता समक्ष पुगेर उनका गुनासा सुन्ने र आफ्ना प्रतिबद्धता जाहेर गर्दै चुनावी प्रचारमा जुटिरहेका छन् ।