गरिमा सुवर्ण योजना सार्वजनिक, निष्काशनका लागि स्वीकृत


काठमाडौँ
गरिमा सामूहिक लगानी कोष अन्तर्गत पहिलो खुलामुखी योजना “गरिमा सुवर्ण योजना” सार्वजनिक रूपमा निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएको छ ।

गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्धक तथा सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको १ अर्ब रुपियाँ बराबरको उक्त योजना निष्काशनका लागि स्वीकृत भएको हो ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृत यो योजना विकास बैंक कोष प्रवद्र्धक रहने गरी निष्काशन हुन लागेको नेपालकै पहिलो खुलामुखी योजना हो । प्रारम्भिक रूपमा ५० करोड रुपियाँ बराबरको प्रतिइकाई १० दरले ५ करोड रुपियाँ इकाई बिक्रीका लागि सार्वजनिक निष्काशन गरिनेछ । उक्त योजनामा आवेदकले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् ।

यसअघि गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्धक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको १ अर्ब २५ करोड रुपियाँ बराबरको बन्दमुखी सामूहिक लगानी कोष योजना “गरिमा समृद्धि योजना” सार्वजनिक निष्काशन भई हाल सञ्चालनमा रहेको छ ।