काठमाााडौँ
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १९औँ वार्षिक साधारण सभा काठमाडौंको नक्सालस्थित आम्रपाली बैंक्वेटमा बुधबार सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८१÷८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू सर्वसम्मत रूपमा पारित गरेको छ ।
सभाबाट स्वतन्त्र सञ्चालकमा गोपाल घिमिरे र सञ्चालकमा दीपक नेपालको नियुक्ति अनुमोदन गरिएको छ। साथै सहायक कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडको आर्थिक वर्ष २०८१÷८२ को वित्तीय विवरण पनि स्वीकृत गरिएको छ। आर्थिक वर्ष २०८२÷८३ का लागि बाह्य लेखापरीक्षकमा एस.ए.आर. एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्स नियुक्त गर्ने प्रस्ताव पारित गरिएको छ ।
सभाले नियामक निकायबाट कुनै संशोधन वा परिमार्जनको निर्देशन आएमा सोही बमोजिम कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गरेको छ। साथै कम्पनी ऐनको दफा १०५(१)(ग) बमोजिम आर्थिक वर्ष २०८१÷८२ मा भएको खर्चसमेत अनुमोदन गरिएको छ ।











प्रतिक्रिया