काठमाडौँ
नेपालमा सञ्चालनमा रहेको राइड–सेयरिङ प्लेटफर्म याङ्गो राइड नेपालले आफ्ना नयाँ साझेदार चालकको उत्साहवद्र्धन गर्न मासिक चालक संलग्नता कार्यक्रम सम्पन्न गरेको छ । पछिल्ला २–३ महिनामा उत्कृष्ट प्रदर्शन गर्ने नयाँ चालकलाई लक्षित गर्दै आयोजित उक्त कार्यक्रममा नगद पुरस्कार, प्रशंसापत्र तथा जाडो सामग्री वितरण गरिएको हो ।
याङ्गो राइडले प्लेटफर्मका मापदण्ड छिटो आत्मसात् गर्दै यात्रुहरूलाई भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्ने नयाँ चालकको योगदानको कदर गरेको जनाएको छ । कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने नयाँ चालकलाई नगद पुरस्कार प्रदान गरिएको थियो भने कार्यक्रममा सहभागी सबै चालकहरूलाई प्रशंसापत्र दिइएको थियो ।
यसैगरी, जाडो मौसममा चालकहरूको दैनिकी सहज बनाउने उद्देश्यले याङ्गो राइडले विशेष विन्टर गुडी ब्याग पनि वितरण गरेको छ । उक्त ब्यागमा याङ्गो ब्रान्डको जाडो ज्याकेट, पञ्जा, कार फ्रेशनर, प्रिमियम सफा कपडा तथा किचेन रिङ समावेश गरिएको थियो, जसले चालकको आरामसँगै यात्रुहरूको यात्रा अनुभवलाई अझै सहज बनाउने अपेक्षा गरिएको छ ।
याङ्गो राइड नेपालले चालक समुदायसँग नजिक रहँदै उनीहरूको सुझाव सुन्ने, मेहनतको कदर गर्ने र दीर्घकालीन सम्बन्ध निर्माण गर्ने उद्देश्यले हरेक महिना यस्ता कार्यक्रम गर्दै आएको छ । कम्पनीका अनुसार प्रारम्भिक चरणमै दिइने समर्थन र प्रोत्साहनले नयाँ चालकहरूको आत्मविश्वास, निरन्तरता र दीर्घकालीन सफलतामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
याङ्गो राइड नेपालले आगामी दिनमा पनि मौसमी आवश्यकता र चालकहरूको वास्तविकताअनुसार यस्ता सहयोगमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।











प्रतिक्रिया